बाढीले बगाएका एक जनाको शव फेला

 असार ३०, २०७६ सोमबार १२:५४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बाढीले बगाउँदा आइतबारदेखि हराइरहेका वीरगञ्जका दुर्गा साह तुराहा मृत फेला परेका छन् । 

वीरगञ्ज महानगरपालिका २५ खल्वाटोला सिर्सियाका ५० वर्षीय तुराहालाई आइतबार साँझ बाढीले बगाएको थियो ।  

घर नजिकैको धारामा पानी लिन गएका तुराहा चिप्लिएर सिर्सिया खोलामा खसेका थिए । उनको घर सिर्सिया खोला किनारमै छ । 

बाढीले बगाएलगत्तैबाट खोजी सुरु गरिएको भए पनि सोमबार विहान वीरगञ्ज महानगरपालिका १ छपकैयाँ स्थित भकुवा नजिक सिर्सिया खोलामा तुराहाको शव फेला परेको ससस्त्र प्रहरी निरीक्षक जीवनबहादुर मल्लले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया