अमेरिका–इरान तनाव: इरानी राष्ट्रपति रुहानी भन्छन्–अमेरिकाले प्रतिबन्ध हटाए वार्ताका लागि तयार छौँ

 असार ३०, २०७६ सोमबार १६:५८:५० | एजेन्सी
unn.prixa.net

अमेरिका र इरानबीच बढ्दै गएको तनावलाई लिएर इरानका राष्ट्रपति हसन रुहानीले वार्ताका लागि सकारात्मक संकेत दिएका छन् । 

राष्ट्रपति रुहानीले यदि अमेरिकाले सबै प्रतिबन्ध हटाउन र धम्क्याउन बन्द गर्ने हो भने आफूहरु वार्ताको लागि तयार भएको बताए । साथै उनले अब इरान जुनसुकै कारबाहीको जवाफ दिन तयार रहेको पनि प्रष्ट पारे । 

यता अमेरिका–इरान तनाव बढ्दै गएपछि बेलायत, फ्रान्स र जर्मनीले वार्ता जारी राख्न अपिल गरेका छन् । ‘आफूले उठाएको कदमको परिणाम के हुन्छ ? सबै पक्षले गम्भीर भएर सोच्नुपर्छ,’ युरोपेली देशहरुले जारी गरेको संयुक्त बयानमा भनिएको छ ।  

गएको वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट अलग हुने फैसला गरेका थिए । त्यसपछि अमेरिका र इरानको सम्बन्धमा चिसो आएको थियो । यी दुई देशबीचको सम्बन्ध बिग्रँदै गएपछि अमेरिकाले इरानमाथि कैंयौ कडा प्रतिबन्ध पनि लगाएको छ । 

कुवेतमा युरोपेली संघका प्रतिनिधिहरुसँग कुरा गर्दै संस्थाकी विदेश नीति प्रमुख फेडेरिका मोघिरिनीले युरोपियन संघ र कुवेत यी दुई देशबीचको तनाव समाप्त गर्न चाहेको बताइन् । 

उनले भनिन्, ‘हाम्रो अर्थात् युरोपियन संघ र कुवेतको विचार एउटै छ । हाम्रो यो साझा क्षेत्रमा संघर्ष र युद्धको आवश्यकता छैन ।’

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया