सांसदहरु बाढी पहिरो प्रभावित क्षेत्रमा गएपछि प्रतिनिधि सभा बैठक स्थगित

 असार ३०, २०७६ सोमबार १३:४८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सोमबार एक बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो ।

संघीय संसद सचिवालयले सोमबार सूचना प्रकाशित गरी बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमन समेत गर्नका लागि सांसदहरु आ–आफ्नो क्षेत्र र जिल्लामा जान समय दिनुपर्ने भएकाले बैठक ८ गते बुधबार १ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।

कांग्रेस र राजपाले सर्लाही घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दे असार २४ गते मंगलबार पनि बैठक अवरुद्ध गरेका थिए । असार २५ गते बुधबारका दिन नेपाली कांग्रेस र राजपाका सांसदहरुको अवरोधका बीच सभामुख कृष्णबहादुर महराले बैठक सञ्चालन गर्नुभएको थियो ।

सभामुख महराले सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६, ऋण तथा जमान तेइसौँ विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउन अनुमति दिएपछि कांग्रेस र राजपाका सांसदहरुले रोष्ट्रम घेराउ गरी नाराबाजी गरेका थिए ।

अन्तिम अपडेट: चैत १८, २०८०

तपाईको प्रतिक्रिया