विश्वकै महंगा डिफेन्डर बने मग्वाइर

 असार ३०, २०७६ सोमबार १६:५९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

म्यानचेस्टर युनाइटेडले कीर्तिमानी रकममा लेस्टर सिटीका स्टार ह्यारी मग्वाइरलाई अनुबन्धित गरेको छ ।

इङल्यान्डका खेलाडी मगुइरलाई युनाइटेडले कीर्तिमानी रकम ८० मिलियन पाउन्डमा अनुबन्धित गरेको हो । म्यानचेस्टर यो डिफेन्डरका लागि तिरिएको सर्वाधिक मूल्य हो । योभन्दा अघि लिभरपुलले भान डाइगको लागि ७५ मिलियन खर्च गरेको थियो ।

मग्वाइर म्यानचेस्टर सिटीसँगमा पनि आबद्ध भैसकेका खेलाडी हुन् । उनको सोमबार युनाइटेड प्रवेशका लागि मेडिकल जाँच पूरा भएको छ ।

मिगुइर २०१७ मा हुल सिटीबाट १७ मिलियन पाउन्डमा लेस्टर सिटिमा अनुबन्धित भएका थिए । उनि २६ वर्षका छन् । उनले लेस्टर सिटीसँग रहेर किङ पावर स्टेडियममा ७६ खेलमा सहभागी भएका छन् ।

उनले लेस्टर सिटीमा रहेर २० खेल जितेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया