बाढी-पहिरो पीडितका लागि कांग्रेस सांसदहरुले ५ दिनको तलब दिने

 असार ३०, २०७६ सोमबार १७:५४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बाढी, पहिरो पीडितको लागि आर्थिक सहयोग गर्ने भएको छ । 

बाढी, पहिरो पीडितका लागि कांग्रेस पार्टीका संघीय सांसदहरुले राहतस्वरुप पाँच दिनको तलब दिने निर्णय भएको छ । विपत्तिमा परेका मानिसहरुको उद्धार गर्नु नै साझा दायित्व भएको कांग्रेसले जनाएको छ । 

कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेर ‘जुटौँ विपत्ति पीडितको उद्धार र राहतमा’ सहयोग गर्न सबैलाई आह्वान गरेको छ । 

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिनुभएको छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया