राति अबेरसम्म बैंक खुला राख्न सरकारको निर्देशन

 असार ३१, २०७६ मंगलबार १०:५०:४१ | उज्यालो सहकर्मी

काठमाण्डाै - सरकारले असार मसान्त अर्थात् मंगलबार राति अबेरसम्म बैंकका काउन्टर खुला राख्न निर्देशन दिएको छ । ‍राजश्व संकलन हुने र भुक्तानी दिने बैंकका काउन्टर राति अबेरसम्म खोल्न निर्देशन दिइएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । 

असारे विकासको लागि दैनिक ७/८ अर्ब रुपैयाँसम्म निकासी भैरहेको अवस्थामा सरकारले मसान्तको दिन रातिसम्म बैंकका काउन्टर खुला राख्न निर्देशन दिएको छ । त्यस्तै, राजश्व संकलन पनि लक्ष्य अनुसार नभएकोले राजश्व केही बढ्ने आसमा सरकारले रातिसम्म काउन्टर खुला राख्न निर्देशन दिएको हो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया