प्रदेश २ का मन्त्रीहरुले बाढी प्रभावितलाई एक महिनाको तलब दिने

 असार ३१, २०७६ मंगलबार १४:५४:४० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - प्रदेश २ का मन्त्रीहरुले आफ्नो एक महिना बराबरको तलब बाढी पीडितलाई सहयोग गर्ने भएका छन् ।

मंगलबार बसेको प्रदेश २ सरकारको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले एक महिनाको तलब बाढी प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले बाढी प्रभावितलाई उद्धार तथा पुनःस्थापनालाई तीव्रता दिन  प्रदेशका प्रमुख सचिव दिपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरी राहत आपूर्ति तथा अनुगमन समिति समेत गठन गरेको छ । त्यस्तै समितिले राहतका लागि आवश्यक सामग्रीको आपूर्तिसहित अनुगनम र निरीक्षण समेत गर्ने छन् ।

साउन १ गतेदेखि प्रदेशका सबै मन्त्री, राज्यमन्त्री र प्रदेशसभा सदस्यहरुलाई आ–आफनो क्षेत्रमा गई राहत कार्यमा जुट्न बैठकले आग्रह गरेको छ ।

यसअघि प्रदेश सरकारले बाढीबाट मृतक परिवारलाई जनही ३ लाख रुपैयाँ राहत दिने र प्रदेश २ को आठवटै जिल्लालाई राहत तथा उद्धारको लागि १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया