विश्वविजेता इंग्लिस टाेलीलाई प्रधानमन्त्री मेकाे भव्य स्वागत

 असार ३१, २०७६ मंगलबार १९:४:२८ | एजेन्सी
unn.prixa.net

आईसीसी विश्वकपको उपाधि जितेको इंग्ल्याण्ड टिमलाई त्यहाँकी प्रधानमन्त्री टरिजा मेले स्वागत गरेकी छिन् ।

विश्वकप सुरु भएको ४४ वर्षपछि पहिलाे पटक उपाधि जितेको इंग्ल्याण्डमा अहिले खुशीको माहोल बढेको छ ।  विश्वकप उपाधि जित्दा विवादित बने पनि त्यसको प्रभाव भने त्यहाँका समर्थकलाई परेको छैन ।

न्यूजिल्याण्डविरुद्धको फाइनल खेलमा सुपर ओभर पनि बराबरी भएपछि बाउण्ड्री प्रहार गरेको आधारमा इंग्ल्याण्ड विजयी भएको थियो । उपाधि विजेता इंग्ल्याण्डको टिमलाई प्रधानमन्त्री म ले सोमबार राति डाउनिङ स्ट्रीटमा रिसेप्सन पार्टी दिएकी थिइन् । त्यस अवसरमा प्रधानमन्त्री मेले सबै मिलेर उत्कृष्ट प्रदर्शन गरेकै कारण विश्वकप जितेको बताइन् ।

इंग्ल्याण्डले ४४ वर्षपछि पहिलो पटक उपाधि जिते पनि  फाइनल भने यसअघि नै तीन पटक खेलेको थियो । इंग्ल्याण्ड १९७९, १९८७ र १९८२ को फाइनलमा पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो ।

तर दुई पटक नै उपविजेतामा सीमित भएको न्यूजिल्याण्डमा भने सहानुभूतिको माहोल रहेको छ । त्यहाँका केही खेलाडीहरुले न्यूजिल्याण्ड र इंग्ल्याण्डलाई संयुक्त विजेता घोषणा गर्न माग गरेका छन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया