बंगलादेशले भारत र श्रीलंंकाबाट भित्र्यायाे बलिङ र ब्याटिङ काेच

 असार ३१, २०७६ मंगलबार १९:९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशको ब्याटिङ प्रशिक्षकमा भारतका वसीम जाफर नियुक्त भएका छन् ।

रणजी ट्रफीमा कीर्तिमानी जाफरलाई श्रीलंकाविरुद्धको सिरिजका लागि बंगलादेशले ब्याटिङ प्रशिक्षक नियुक्त गरेको हो । यसैगरी श्रीलंकाका चम्पक रामनायकेलाई भने बलिङ प्रशिक्षकका रुपमा नियुक्त गरेको छ ।

विश्वकपलगत्तै स्टिभ रोड्सले छाडेपछि लगत्तै बंगलादेशलाई अहिले मुख्य प्रशिक्षकको पनि आवश्यकता परेको छ । तर उसले मुख्य प्रशिक्षक भने नियुक्त गरेको छैन । बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अकरम खानले दुई जना प्रशिक्षक नियुक्त गरेको बताउँदै उनीहरुको प्रशिक्षणले बंगलादेशी टिमलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया