प्रिमियर लिगको आउँदो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने म्यानचेस्टर युनाइटेडका प्रशिक्षकको दाबी

 साउन १, २०७६ बुधबार ८:३८:११ | एजेन्सी
unn.prixa.net

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्कसाएरले प्रिमियर लिगको आउँदो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् । 

बीबीसीसँग कुरा गर्दै उनले सुरुदेखिनै आउँदो सिजन आफूले हेर्ने भएकाले पनि आफू खेलाडीको प्रदर्शनमा विश्वस्त रहेको बताए । गएको सिजनको बीचमा गुनर आएका थिए । क्लबको खराब प्रदर्शन कायमै रहेपछि तत्कालीन प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गर्दै गुनरलाई गएको डिसेम्बर १९ मा कार्यबहाक प्रशिक्षक बनाइएको थियो ।

गएको २८ मार्चमा स्थायीरुपमा प्रशिक्षक बनेका गुनरले पछिल्लो सिजनमा १९ मध्ये १४ खेल जितेका थिए । म्यानचेस्टर युनाइटेड गएको सिजनमा छैटौँ हुँदै लिग टुंग्याएको थियो ।  जसका कारण च्याम्पियन्स लिग खेल्नबाट भने बञ्चित हुन पुग्यो ।

बीबीसीसँगको कुराकानीमा गुनरले आउँदो सिजनका लागि एलेक्सिस सान्चेज, पउल पोग्बा युनाइटेडका महत्वपूर्ण खेलाडी हुने विश्वास पनि व्यक्त गरे ।

उनले आफूले आउँदो लिगमा टप फोरमा पर्ने लक्ष्य दिएको बताउँदै यसका लागि खेलाडीहरुको प्रदर्शनमा भर पर्ने पनि बताए । तर उनले खेलाडीको प्रदर्शनमा शंका गर्ने ठाउँ नभएको भन्दै उनीहरुबाट आफूले र क्लबले ठूलो आशा गरेको पनि उल्लेख गरे ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया