रसुवामा बुधबारदेखि सार्वजनिक यातायातको भाडा घट्यो

 साउन १, २०७६ बुधबार ११:४२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – बुधबारदेखि रसुवामा सञ्चालन हुने सार्वजनिक सवारी यातायातको भाडा घटेको छ ।

काठमाण्डौ-कालिकास्थान सञ्चालन हुने सार्वजनिक सवारी यातायातमा १५ प्रतिशत र काठमाण्डौबाट रसुवाको अन्य क्षेत्र सञ्चालन हुने सवारीमा ५ प्रतिशत भाडा घटेको हो ।

रसुवा जिल्लामा सञ्चालनमा रहेका पासाङल्हामु, केरुङ र टिमुरे यातायातको भाडादर भने फरक-फरक छ । लोकल, सुपर र एसी डिलक्सको भाडा दर फरक रहेका कारण प्रतिशतमा भाडा घटाइएको हो । 

गएको असार २९ गतदेखि विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको छ । 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियू (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघका विद्यार्थी र पासाङ ल्हामु यातायात, केरुङ यातायात र टिमुरे यातायात व्यवसायीबीच छलफल पश्चात् नयाँ भाडादर निर्धारण गरिएको हो ।

वैज्ञानिक भाडा दर कायम हुनुपर्ने, पुराना सवारी साधन सञ्चालन रोकिनु पर्ने, टाइम कार्ड लागू हुनुपर्नेलगायतका माग राख्दै विद्यार्थी संगठन आन्दोलित भएका थिए । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया