विराटनगरमा मोबाइल पसलबाट १२ लाख बराबरको सामान चोरी

 साउन १, २०७६ बुधबार १२:२३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – विराटनगरको व्यस्त बजार महेन्द्र चोकको हिमालय हल अगाडि रहेको  एक मोबाइल पसलमा चोरी भएको छ । ओप्पो तथा जीओनी कम्पनीका मोबाइलको आधिकारिक बिक्रेता रहेको सनराइज इन्टरप्राइजेजमा मंगलबार राति चोरी भएको हो ।

२ थान ल्यापटप, ट्याब २ थान, मोबाइल ४१ थान, पावर बैंक १० थान , ब्लुटूथ डिभाइस ५ थान,  मोबाइलको कभर २ सय पिस र नगद ४० हजारसमेत चोरी भएको इन्टरप्राइजेजका सञ्चालक  मधु राईले जानकारी दिनुभयो । 

मंगलबार साँझ करिब ९ बजेको समयमा पसल बन्द गरेर निस्किएको राई जानकारी दिनुभयो । बिहान करिब ६ बजेको समय पसल नजिकैको एक जना भाइले फोन गरेर जानकारी दिएपछि मात्र चोरीको बारेमा आफूले थाहा पाएको राईले जानकारी दिनुभयो ।  झण्डै १२ लाख बराबरको सामान चोरी भएको राईले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया