लागुऔषध प्रयोगकर्ताबाट ‘पेनगन’ बरामद

 साउन १, २०७६ बुधबार १६:५९:३९ | सुमन गुरुङ
unn.prixa.net

कास्की – पोखरामा लागूऔषध प्रयोगकर्ताको साथबाट पेनगन बरामद गरिएको छ । 

पोखरा महानगरपालिका २४ कास्कीकोट घर भई पोखरा महानगपालिका–७, बस्ने २४ वर्षीय सागर रानाभाटको साथबाट प्रहरीले गनसहित गनमा लाग्ने ७ राउण्ड गोली पनि बरामद गरेको छ ।

प्रहरीले उनको कोठामा खानतलासी गर्दा पेनगन, गोलीसहित लागुऔषध पनि बरामद गरेको छ । कास्की प्रहरीले पछिल्लो समय लागुऔषधविरुद्ध अभियान तीव्र बनाएको छ । 

कास्की प्रहरीले गएको जेठ महिनामा लागूऔषध प्रयोगकर्ता समाउन गोली चलाएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया