धनकुटाको साँगुरीगढीमा विस्फोटक पदार्थ फेला

 साउन १, २०७६ बुधबार १९:१७:३३ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–५, डाँडाबजारस्थित ध्वँजेडाँडामा बिहीबार विस्फोटक पदार्थ फेला परेको छ ।

डाँडाबजार हुँदै ध्वँजेडाँडा जाने बाटो खन्ने क्रममा स्थानीयवासीले विस्फोटक पदार्थ  फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला सदरमुकामबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेर साँझ ५ बजे विस्फोटक पदार्थ डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुर्दशनप्रसाद कोइरालाले बताउनुभयो ।

त्यो विस्फोटक पदार्थ सशस्त्र द्वन्द्वका बेला ओढारमा लुकाएको हुन सक्ने प्रहरीले बताएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया