दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा

 साउन १, २०७६ बुधबार २०:१८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैमा आयोजना हुन लागेको दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको छ ।  

नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ एनबीबीएफएले आयोजना गर्न लागेको प्रतियोगितामा बिहीबार प्रतियोगितामा सहभागी सबै देशका खेलाडी काठमाण्डौ आइपुग्ने तथा शुक्रबार र शनिबार प्रि-जजिङ र फाइनल चरणका खेल हुने छन् ।

प्रतियोगितामा नेपलाबाट २३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ १८ र महिलातर्फ ५ खेलाडीले प्रतिस्पर्धा गर्दा नेपालकै २ जना अफिसिलय पनि हुनेछन् ।

एनबीबीएफएका अध्यक्ष राजेश बाबु श्रेष्ठले तेस्रो पटक नेपालले यो प्रतियोगिता आयोजना गर्न लागेको र यसको तयारी पूरा भएको जानकारी दिँदै प्रज्ञा भवनमा हुने प्रतियोगितामा दक्षिण एसियाका ७ र अफगानिस्तान गरी ८ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा शारीरिक सुगठन बाहेकका विभिन्न फिजिक्स स्पर्धा समेत समावेश छ भने जुनियर शारीरिक सुगठन र महसला फिजिक्स पनि आयोजना हुनेछ । प्रतियोगितामा विभिन्न १८ विधा समावेश हुनेछ ।  शारीरिक सुगठनतर्फ पुरुषको ५५ केजी, ६० केजी,  ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी, ९० केजी र त्याेभन्दा माथीको तौल समूहमा प्रतिस्पर्धा हुने जनाइएको छ ।

पहिलो पटक हुन लागेको पुरुष फिटनेस फिजिक्समा १७० सेमी र त्यसभन्दा माथि, पुरुष एथ्लेटिक्स फिजिक्समा ३ स्पर्धा, पुरुष स्पोर्ट्स फिजिक्स र जुनियर शारीरिक सुगठनमा एक-एक स्पर्धा हुनेछ । यसैगरी महिला एथ्लेटिक फिजिक्स र महिला मोडल फिजिक्समा पनि प्रतिस्पर्धा हुनेछ ।

शारीरिक सुगठनतर्फ ओभरअल च्याम्पियन हुनेले पाउने ट्रफीसमेत बुधबार सार्वजनिक गरिएको छ । विश्व शारिरिक सुगठन तथा फिजिक स्पोर्ट्स फेडेरेसन तथा एसियन शारीरिक सुगठन तथा फिटनेस फेडेरेसनका अध्यक्ष दातुक पाउल चा, एनबीबीएफएका अध्यक्ष श्रेष्ठले त्याे ट्रफी सार्वजनिक गरेका हुन् ।

प्रतियोगिताको लागि दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेश फेडेरेसनका अध्यक्ष प्रशान्त आप्तेले नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघलाई भारतीय रुपैयाँ ७ लाख सहयोग प्रदान गरेको छ ।

प्रतियोगिताको लागि १ करोड ३६ लाख अनुमानित बजेट रहेको आयोजकले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया