जहाँ राँकाे बालेर छिमेकीलाई गाली गर्दै साउने सक्रान्ति मनाइन्छ

 साउन १, २०७६ बुधबार २०:३९:२१ | नेत्र शाही
unn.prixa.net

जुम्ला - कर्णाली क्षेत्रको चलनअनुसार साउने सक्रान्तिकाे साँझमा राँकाे बालेर छिमेकीलाई गाली गर्ने चलन छ । साउन १ गते लुताे फाल्ने धार्मिक मान्यताअनुसार कर्णाली क्षेत्रमा छिमेकीलाई गाली गर्दै राँकाे बालिएकाे छ । 

साँझ पर्नै लाग्दा जुम्लालगायत कर्णाली क्षेत्रका गाउँहरु राँकाेकाे उज्यालो चम्किएका छन् । हरेक घरका परिवार सदस्यहरु कति छन् त्यहीअनुसारको घरको आँगन तथा छतमा राँकाे बाल्ने चलन छ । 

त्यही मान्यताअनुसार जुम्लासहित कर्णालीका अरु बस्तीहरुमा पनि राँकाे बालिएकाे छ । जुम्लामा परापूर्वकालदेखि मनाउँदै आएको साउने सक्रान्ति यो पटक पनि भव्य रुपमा मनाइएको हो । राँकाे बालेर आ-आफ्नो आँगनमा आफू र आफ्नो घरमा रहेको फोहर लैजाउ, रोग व्याधी सबै जाओस भन्ने कामनाअनुसार राँकाे बाल्ने चलन कर्णाली क्षेत्रमा विद्यमान संस्कृति रहेको स्थानीय मानबहादुर शाहीले बताउनुभयो ।  

कर्णालीका गाउँबस्तीहरु झिसमिसे अँध्यारोमा सल्लाको दाउराकाे राँकाे बनाएर बाल्ने चलन एक फरक सभ्यता र उदाहरण स्थापित हुँदै आएको छ । आगोको राँकाे बालेपछि घरका सबै परिवारहरु ठूलो श्वरले कराउने र खोला पारिको गाउँका मानिसहरुलाई गालि गर्ने चलनसहित राँकाे बालिसकेपछि बनाइएका विभिन्न प्रकारका परिकारहरु खाने प्रचलन छ । 

परम्परागत रुपमा नै चल्दै आएको यो प्रथाले निकै ठूलो सभ्यता बाेकेको संस्कृतिविद् रमानन्द आचार्यले बताउनुभयो । यसैगरी साउन १ गते यो क्षेत्रमा स्थानीय बिदा दिने चलनसमेत रही आएकाे छ ।   

अन्तिम अपडेट: चैत २, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Mumta

    July 18, 2019, 9:14 a.m.

    यसरी राकाे बालेर छिमेकि गाँउलाई गाली गर्दै लुताे सबै लैजाउ भन्दै चिच्याउने चलन हामीहरूकाे धाैलागीरी अञ्चलकाे बागलुङ् र पर्वत जिल्लामा पनि छ। अहिले बिस्तारै याे चलन हराउँदै गएकाे छ। घरमा भएकाे ढिकी, जाताे चलाउने र बाजा, थाल, नाङ्लाे ठटाउदै कराउने चलन थियाे। याे संस्कृती सम्भवत नेपाल भरी नै हुनुपर्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया