पहिरोका कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

 साउन २, २०७६ बिहिबार १०:१८:५० | उज्यालो सहकर्मी

रसुवा – वर्षाका कारण आएको पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ ।

स्याफ्रु–रसुवागढी सडक खण्डको तातोपानी क्षेत्रमा लेदो माटोसहितको पहिरो आएका कारण सडक अवरुद्ध भएको हो । पहिरो पन्छाउने काम सुरु भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।

बिहीबार बिहानैदेखि वर्षा भएको कारण पहिरो गएको हो ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया