पहिरोका कारण मेची राजमार्ग अवरुद्ध

 साउन २, २०७६ बिहिबार ११:४०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँचथर – पहिरो झरेपछि मेची राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अन्तर्गत राँके–फिदिम सडकखण्डको फाल्गुनन्द गाउँपालिका–३ पा‌ंग्रेभीरमा बुधबार राति वर्षाका कारण पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।

पहिरोले राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रबाट झापातर्फ छुटेका र यसतर्फ आउँदै गरेका सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् ।

अहिले पहिरो पन्छाउने काम भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख जनक तिमल्सिनाले बताउनुभयो । ठूलो पहिरो भएकाले पहिरो पन्छाउन दिनभर लाग्ने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया