शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
रुपन्देही – सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सडकमा राखिएका बुद्धका मूर्तिमा तोडफोड भएको छ ।
शंकरनगरचोकदेखि नयाँ मिलसम्मको ६ लेनको सडकमा राखिएका ५ वटा बुद्धका मूर्तिमा बुधबार राति तोडफोड भएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
मूर्ति किन र कसले तोडफोड गर्यो भन्ने बारेमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ । तिलोत्तमा नगरपालिकाले आफनो क्षेत्रमा पर्ने ६ लेनको सडकमा २२ वटा मूर्ति स्थापना गरेको थियो । एउटा मूर्तिको तौल १ सय १० किलो रहेको छ ।
त्यो सडक भएर यात्रा गर्ने देशी विदेशी पर्यटकहरुलाई लुम्बिनीको झल्को दिलाउन सडक क्षेत्रमा बुद्धका मूर्ति राखिएको नगरपालिकाले बताएको छ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।
sundar
July 18, 2019, noonकसको काम हो यो ?