कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
काठमाण्डौ - सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले हिंसालाई वैधानिकता प्रदान गर्ने गरी विप्लवसँग वार्ता सम्भव नरहेको बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले दाउपेच र शक्ति संचयका लागि वार्तालाई प्रयोग गर्न नदिने बताउनुभएको हो ।
सरकार जहिल्यै पनि वार्ताका लागि तयार रहेको भन्दै उहाँले त्यसका लागि पहिला पक्राउ परेका मान्छे छाड्नु पर्ने, मुद्धा फिर्ता लिनुपर्ने लगायतका माग राख्नु जायज नभएको बताउनुभयो ।
पक्राउ परेकालाई छाड्ने र उनीहरुलाई लागेका मुद्धा फिर्ता लिए पनि वार्तामा नआउने गरेको विगतमा आफूहरुले देखेको भन्दै उहाँले अब छक्का पन्जा गरेर बस्नुको अर्थ नरहेको बताउनुभयो ।
‘यो छक्का पन्जा गर्ने हिसाबले हुँदैन । हामी छलफल गर्न तयार छौँ,’ उहाँले भन्नुभयो, एउटा प्रक्रियामा अवतरण हुने प्रतिबद्धता सुनिश्चितता भए जतिसुकै बेला पनि वार्ता गर्न सरकार तयार छ ।’
अनुचित, गैरजिम्मेवार, असम्भव कुराहरु गरेर नहुने भन्दै उहाँले विप्लव समूहले दुनियालाई भुलभुलैयामा राखेर वार्ताको बहानामा हिंसालाई वैधानिकता प्रदान गर्ने काम सरकारबाट नहुने प्रष्ट पानुर्भयो ।
सिके राउतको झैँ 'हामी शान्तिपूर्ण राजनीतिमा प्रतिस्पर्धामा आउँछौँ' भन्ने प्रतिबद्धता जनाए सरकार स्वागत गर्न तयार रहेको पनि उहाँले बताउनुभयो । ‘होहल्ला मच्चाएर प्रचारको लाभ लिने काम हुँदैन,’ उहाँले भन्नुभयो, ‘संविधान मान्छौँ, युद्ध छाड्यौँ भनेर आए एकै मिनेटमा समस्या सकिन्छ ।’