पहिरोले बन्द मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि खुल्ने

 साउन २, २०७६ बिहिबार २१:२२:१७ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – मध्यपहाडी लोकमार्गको घुर्मीबाट खुर्कोटसम्मको सडक अवरुद्ध भएपछि सोलुखुम्बुबासी हेलिकप्टर चार्टर गर्न बाध्य भएका छन् । 

गएको असार २७ गतेको पहिरोले मध्यपहाडी लोकमार्गको सडकखण्ड अवरुद्ध भएपछि सोलुखुम्बुबाट राजधानी काठमाण्डौ जाने यात्रुहरुले हेलिकप्टर चार्टर गर्ने गरेका छन् । 

सोलुखुम्बुबाट सडक मार्ग हुँदै काठमाण्डौ जोडिने एक मात्र सडकखण्ड नै पहिरोले अवरुद्ध भएपछि बिरामी तथा अति आवश्यक काम भएर काठमाण्डौ जाने यात्रुहरुलाई सास्ती भएको छ ।  

झण्डै एक हप्तादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले बताउनुभयो । 

लोकमार्ग सञ्चालनमा ल्याउन सिन्धुली र उदयपुरका प्रमुख जिल्ला अधिकारीसँग समन्वय भैरहेको उहाँले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया