पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेकाे आराेपमा एक युवक पक्राउ

 साउन २, २०७६ बिहिबार २०:४०:३२ | समुद्र पौडेल
unn.prixa.net

तनहुँ – पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । 

रिसिङ–१, घर भई हाल व्यास ७ पल्लो नरंगा बस्दै आएका १९ वर्षीय नवीन थापाले छिमेकी बालिकामाथि बुधबार राति जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लिलाराज लामिछानेले बताउनुभयो ।

घरमा खेल्दै गरेको अवस्थामा बालिकालाई फकाएर थापाले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । घटनालगत्तै पीडित बालिकाले हजुरआमालाई आफूमाथि भएको घटनाबारे जानकारी गराएपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए । 

पीडित बालिकाको दमौली अस्पतालमा उपचार भइरहेको छ । पक्राउ परेका थापाविरुद्ध जबर्जस्ती करणीकाे मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद लिइएको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया