धनगढी विस्फाेट अपडेट : ज्यान गुमाउने आफ्नै कार्यकर्ता भएको विप्लवको दाबी

 साउन ३, २०७६ शुक्रबार १३:५२:५५ | सीताराम ओझा
unn.prixa.net

कैलाली - बिहीबार साँझ धनगढीमा भएको बम विस्फोटको नेत्रविक्रम चन्द विप्लव समूहले जिम्मेवारी लिएको छ । 

बम विस्फोटमा परि घाइते भइ उपचारका क्रममा मृत्यु भएका रामबहादुर सिंह आफ्नो कार्यकर्ता भएको विप्लव समूहले पुष्टि गरेको छ । 

विप्लव समूहको सेती–महाकाली ब्यूरो इञ्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै पार्टीकाे कामका सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विस्फाेटक पदार्थ पड्किएको पुष्टि गरेको हो । 

सिहको गएराति उपचारका क्रममा मायामे मेट्रो अस्पतालमा मृत्यु भएको थियो ।  घटनामा परि घाइते भएका कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला पनि विप्लव समूहकै कार्यकर्ता भएको आशंका गरिएको भए पनि विप्लव समूहले भने उनको बारे केही बोलेको छैन । 

बम विस्फोटमा परि घाइते भएका मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको भने अहिले उपचार भइरहेको छ ।  
सम्बन्धित समाचार

अन्तिम अपडेट: भदौ २, २०७६

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया