प्रदेशलाई महिलामैत्री बनाउन आफूले कुनै कसर बाँकी राख्दिन: मुख्यमन्त्री राउत

 साउन ३, २०७६ शुक्रबार १७:२३:२७ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई महिलामैत्री बनाउन आफूले कुनै कसर बाँकी नराख्ने बताउनुभएकाे छ ।

शुक्रबार गौशालामा आयोजित पार्टी कार्यकर्ताकाे भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले अन्य प्रदेशको तुलनामा यहाँका महिलालाई बढी अधिकार दिएर प्रदेशलाई महिलामैत्री बनाउने धारणा राख्नुभएकाे हाे । मुख्यमन्त्रीले प्रदेशलाई महिलामैत्री बनाउनका लागि यहाँका हरेक क्षेत्रमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरिएको बताउनुभयाे । त्यस्तै माघ १ गतेदेखि बेटी पढाउ, बेटी बचाउ कार्यक्रम ल्याएर प्रदेश नम्बर २ नमुना प्रदेश सावित भएको मुख्यमन्त्री राउतले दाव्री गरेका छन ।

समाज रुपान्तरण नभई अग्रगतीको पथमा लम्कन नसक्ने बताउदै मुख्यमन्त्री राउतले हरेक शिक्षित भए मात्र समाज रुपान्तरण हुने धारणा राखेका छन ।

एउटा अर्को प्रसंगमा  मुख्यमन्त्री राउतले विपतमा परेको समयमा बाढी पीडितलाई राहत दिलाउनको लागि आफू लागि परेको बताउनुभएकाे छ । तत्काल प्रत्येक जिल्लामा राहत वितरणको लागि १०÷१० लाख रुपैयाँ छुटयाएको छ भने मृतक परिवारका लागि ३÷३ लाख रुपैयाँ उपलब्ध गराईने जनाउदै संघीय समाजवादी फोरम नेपालका साँसदहरुले पिडितलाई राहत दिनका लागि आधा महिनाको तलब दिईने घोषणा गरिएको मुख्यमन्त्री राउतले बताएका छन । 
 

अन्तिम अपडेट: चैत २३, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया