प्रधानमन्त्री ओली बालुवाटारमा असुरक्षित भए सैनिक मुख्यालयमा गएर बसे हुन्छ: सीपी गजुरेल

 साउन ३, २०७६ शुक्रबार १६:५७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको बताउनुभएकाे छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै गजुरेलले यस्तो बताउनु भएकाे हाे ।

उहाँले सरकार र विप्लवीचको वार्तालाई लिएर नेपाली जनता दुविधामा रहेको टिप्पणी गर्दै भन्नुभयाे, ‘पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ता चलिरहेको हल्ला छ । दुवै पक्षबाट वार्तालाई लिएर वक्तव्यहरु आएका छन् । तर, जनता भने पुरै कन्फ्युजनमा छन् । साँच्चै वार्ता होला त भनेर ?’

उहाँले सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई असुरक्षा भएको भए थप सुरक्षाकर्मी राख्दा हुने सुझाव दिँदै भन्नुभयाे,‘बालुवाटारको हेडक्वार्टरमा असुरक्षित भए ओलीजी भद्रकालीमा रहेको मिलिटरी हेडक्वार्टरमा गएर बसे भैगयो नि । तर, पार्टीमाथि प्रतिबन्ध लगाउने काम गर्नुहुँदैन । यो गलत छ ।’ 

उहाँले सरकारले सुरुमै जनतालाई महँगी उपहार दिएको, तीन तहमा कर बढाएकाे र विषादी प्रकरणमा पनि सरकारले गम्भीर त्रुटि गरेकाे आराेप लगाउनुभयाे ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया