बलात्कार आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ

 साउन ३, २०७६ शुक्रबार १९:२१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट - बलात्कारकाे आरोपमा रौतहटमा एक जना प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । 

बारा जिल्लाकाे महागढिमाई नगरपालिका घर भएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र साहलाई इलाका प्रहरी कार्यालय चन्द्रपुरले बिहीबार पक्राउ गरेको हो ।

पक्राउ परेका प्रहरी सहायक निरीक्षक साहले गत असार ३१ गते चन्द्रपुर नगरपालिकामा रहेको माउण्ट एरिवा गेष्ट हाउसमा एउटी २० वर्षीय युवतीलाई बलात्कार आरोप लागेकाे थियाे ।

जिल्ला अदालत गौरबाट जबर्जस्ती करणी अभियाेगमा ५ दिनको म्याद थप गरी आवश्यक प्रहरी नायब उपरीक्षक कबित कटुवालले पक्राउ परेका साहमाथि म्याद थप गरेर जबरजस्ती करणी मुद्दा अन्तर्गत अनुसन्धान भइरहेको जानकारी दिनुभयाे ।

 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया