बाजुरा जीप दुर्घटना अपडेट: दुवै मृतककाे पहिचान खुल्याे, घाइतेहरुकाे उपचार हुँदै

 साउन ३, २०७६ शुक्रबार १९:५७:४३ | मनिराज पाण्डे
unn.prixa.net

बाजुरा - बाजुरा जिल्ला जगन्नाथ गाउँपालिकामा रहेकाे गोत्रीको भुकाहा खोला नजिक जीप दुर्घटना हुँदा ज्यान गुमाउने दुवै जनाकाे पहिचान खुलेकाे छ ।

ज्यान गुमाउनेमा सवारी चालक रुप्सा घर भएर हाल कैलालीको टिकापुर नगरपालिका-४ बस्ने रमेश बोगटी र मुगु जिल्ला खत्याड गाउँपालिका ६ का राम बहादुर शाही रहेका छन् ।

घाइते  भएका १२ जनालाई उपचारको नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ । दुर्घटनामा घाइते हुने सबैभन्दा धेरै मुगु खत्याड गाउँपालिकाका बासिन्दा रहेको पाइएको छ । जीपमा खत्याड गाउँपालिकाका ९ जना यात्रु रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

 

अन्तिम अपडेट: फागुन २८, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया