प्रशिक्षक सार्रीका कारण युभेन्टस आएँ : डि लाइट

 साउन ४, २०७६ शनिबार ९:०:५ | एजेन्सी
unn.prixa.net

डच डिफेन्डर माथियास डि लाइटले युभेन्टसमा आबद्ध हुनुको प्रमुख कारण प्रशिक्षक माउरिजियो सार्री भएको बताएका छन् ।

१९ वर्षे सेन्टर ब्याक डि लाइट बिहीबार आधिकारिक रुपमा युभेन्टसमा अनुबन्धित भएका थिए । उनीलाई ६७.६ मिलियन पाउण्डमा युभेन्टसले भित्राएको हो । डि लाइटलाई अनुबन्ध गर्ने प्रयास युरोपका धेरै ठूला क्लबहरुले गरेका थिए ।

चेल्सीका पूर्व प्रशिक्षकको स्ट्याम्फर्ड ब्रिजमा धेरै आलोचना भएपछि उनी प्रशिक्षण सम्हालेको एक वर्ष पनि वित्न नपाउँदै क्लब छाडेका थिए । डि लाइटले सार्रीका कारण युभेन्टस आएको बताए । ‘एक अर्कालाई चिन्नका लागि यहाँ आउनुअघि नै मैले सार्रीसँग फोनमा कुरा गरेको थिएँ’, डि लाइटले भने ।

उनले भने, ‘मैले उहाँको बारेमा धेरै राम्रा कुराहरु सुनेको छु र उहाँको फुटबल दर्शन र डिफेन्स लाइनको तयारी मन पर्छ ।’

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया