मैत्रीपूर्ण खेलमा डर्टमण्डले लिभरपुललाई ३-२ ले हरायाे

 साउन ४, २०७६ शनिबार १२:५६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

नयाँ सिजनको तयारीमा रहेको युरोपेली च्याम्पियन लिभरपुलले प्रि-सिजन टूर अन्तर्गत अमेरिकाको इन्डियानामा खेलिएको मैत्रीपूर्ण खेलमा जर्मन क्लब बोरसिया डर्टमण्डसँग पराजय भोगेको छ ।

इन्डियानाको नोट्रे डेम रंगशालामा नेपाली समय अनुसार शनिबार बिहान खेलिएको खेलमा लिभरपुल ३-२ गोलअन्तरले पराजित भएको हो । दोस्रो रोजाइको टिमलाई सुरुवाती अवसर दिएको लिभरपुलले खेल सुरु भएको तेस्रो मिनेटमै गोल खाएको थियो । जियो रेइनाको पासमा पाको अल्कासरले गोल गरेका थिए । 

३५ औंँ मिनेटमा फाबिनोको पासमा ह्यारी विल्सनले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले बराबरी गरेको थियो । तर, दोस्रो हाफमा ५ मिनेटको अन्तरमा २ गोल खाएपछि लिभरपुल खेलमा फर्कन सकेन । ५३ औंँ मिनेटमा थोमस डेलानी र ज्याकोव ब्रुन लार्सेनले ५८ औं मिनेटमा गोल गरी डर्टमण्डलाई ३-१ को अग्रता दिलाए । 

प्रशिक्षक क्लोपले ६० औं मिनेटमा गोलरक्षकबाहेक १० खेलाडी परिवर्तन गरी खेलमा फर्काउने प्रयास गरे पनि सफल भएनन् । डिभोक ओरिगीलाई प्रतिस्थापन गरेका रेहिन ब्रेस्टरले ७५ औं मिनेटमा पेनाल्टीमार्फत एक गोल गरे पनि लिभरपुलले खेलमा आफ्नो पराजय टार्न सकेन ।

यसअघि दुई ओटा मैत्रीपूर्ण खेलमा इंग्लिस टोलीविरुद्ध फराकिलो जित हासिल गरेको लिभरपुलले अमरिका भ्रमणलगत्तै पहिलो पराजय भोगेको हो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया