धोनीले दुई महिना क्रिकेट नखेल्ने, तत्काल सन्यास पनि नलिने : रिपाेर्ट

 साउन ४, २०७६ शनिबार १४:४९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

अहिले खेल जगतमा भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा विकेटकीपर महेन्द्रसिंह धोनीले कहिले सन्यास लिन्छन् भन्ने कुरा चर्चामा छ । 

यही चर्चा चलिरहँदा धोनीले एउटा निर्णय गरेका छन् । धोनीका अनुसार आउँदो अगष्ट ३ बाट सुरु हुने भारतीय क्रिकेट टिमको वेस्ट इण्डिज भ्रमणमा उनी संलग्न हुने छैनन् । 

एमएसके प्रसादको अध्यक्षतामा वेस्ट इण्डिज भ्रमणका लागि आइतबार भारतीय टिमको घोषणा हुनेछ । भारतीय क्रिकेट टिमका पूर्व कप्तान धोनीले वेस्ट इण्डिज भ्रमणमा आफू संलग्न नहुने बताएका छन् । धाेनीकाे स्थानमा कसलाई खेलाउने भन्ने बारे पनि चर्चा सुरु भएकाे छ ।

प्यारामिलिट्री फोर्सको प्याराशूट रेजिमेन्टमा धोनी मानार्थ लेफ्टिनेन्ट कर्नेल हुन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) एक शीर्ष अधिकारीका अनुसार धोनीले आफ्नो रेजिमेन्टसँग दुई महिना रहेर सेवा गर्नेछन् ।

‘धोनीले वेस्ट इण्डिज भ्रमणमा संलग्न नहुने कुरा आफैँ बताएका छन् । उनी आफ्नो अर्धसैनिक रेजिमन्टसँग दुई महिना बिताउन चाहन्छन्', बीसीसीआईका एक शीर्ष अधिकारीले भने ।

धोनीले सन्यासको बारेमा पनि केही भनेका छैनन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया