नेकपाले टुंग्यायो सबै जिल्लाका इञ्चार्ज र सह इञ्चार्ज (नामसहित)

 साउन ५, २०७६ आइतबार १६:४६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक मंगलबार बस्ने गरी स्थगित भएको छ । 

बैठकले विभिन्न संगठन, तथा विभागहरुको गठन, केन्द्रीय सदस्यहरुको कार्य विभाजनलगायतका विषयमा निर्णय लिने भनिएको थियो । तर नेताहरुबीच कुरा मिल्न नसक्दा बैठक मंगलबारसम्मका लागि सरेको स्रोतको दावी छ । 

संगठन विभाग, विदेश, स्कुल, पार्टी नीति तथा प्रतिष्ठान, आर्थिक, प्रचार विभागलगायतमा नेताहरुबीच लगभग सहमति भए पनि पार्टीको स्कुल विभागको नेतृत्व कसले लिने भन्ने विषय पेचिलो बन्दा आजको बैठक सरेको बुझिएको छ ।  

स्कुल विभाग पूर्व एमाले वा पूर्व माओवादी कसले लिने भन्नेमा विवाद कायमै छ । स्कुल विभागमा पूर्व एमालेका ईश्वर पोखरेल र पूर्व माओवादीबाट नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को दावेदारी छ । 

यसैबीच आइतबार बसेको सचिवालय बैठकबाट बाहिरिने क्रममा नेकपा नेता बामदेव गौतमले भने आफूले संगठन विभागको नेतृत्व पाउने निश्चित भएको दावी गर्नुभयो । बैठक अपेक्षित सकारात्मक भएको र आफूले नै संगठनको विभाग पाउने पक्का भएको उहाँले दावी गर्नुभयो । 

तर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने अहिले विभागको नेतृत्वका बारेमा कुनै टुंगो नलागेको बताउनुभयो । 

बैठकले ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको भने टुंगो लगाएको छ । यसका साथै जिल्ला कमिटीकै  मान्यता पाएको ६ महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको समेत टुंगो लगाएको छ । 

मंगलबार १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकले भने सबै विभाग र केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।  

नामावली यसप्रकार छ:

 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया