सोधेर हैरान बनाएपछि मुग्लिन–नारायणगढ सडकखण्डबारे आयोजनाले राख्यो यस्तो स्टाटस

 असार २५, २०७५ सोमबार ७:२४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पानी पर्न थालेसँगै पहिरो जाने क्रम बढेपछि मुग्लिन नारायणगढ सडकखण्डबारे धेरैले चासो राखेका छन् ।

सडकखण्डको अवस्थाबारे जानकारी दिन मोबाइलमा म्यासेज पठाउने व्यवस्था पनि गरिएको छ । तर धेरैजनाले फेसबुकमा म्यासेज गरेकाले त्यसको जवाफ दिन असमर्थ रहेको मुग्लिन नारायणगढ सडकखण्ड आयोजनाले जनाएको छ ।

आयोजनाले केहिबेर अघि फेसबुकमा स्टाटस लेख्दै भनेको छ,‘धेरैले म्यासेज गरेर हाम्रो पेजमा बाटोको अवस्थाबारे सोध्दै हुनुहुन्छ, सबैजनालाई म्यासेजमामार्फत रिप्लाई गर्न हामी असमर्थ छौँ । त्यसकारण यही पोष्ट मार्फत यतिबेलासम्म बाटोको अवस्था सामान्य रहेको र सवारी साधनहरु निर्वाध रुपमा गुडिरहेको जानकारी गराउन चाहन्छौँ ।’ 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया