आईसीसी टी-२० एसिया छनाेट: उपाधि जित्दै ग्लाेबल छनाेटमा स्थान बनाउने नेपालकाे लक्ष्य

 साउन ५, २०७६ आइतबार १९:१२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टी–२० विश्कप एसिया छनोट सोमबारदेखि सिंगापुरमा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित पाँच टिमले प्रतिस्पर्धा गर्दैछन् ।

राउण्ड रोबिन लिग अनुसार हुने प्रतियोगिताको शीर्ष स्थान हात पार्ने टिमले युएईमा हुने ग्लोबल छनोटमा सहभागिता सुनिश्चित गर्नेछ । प्रतियोगिताको अघिल्लो दिन सबै टिमका कप्तानहरुले ट्रफी सार्वजनिक गरेका छन् । नेपाली क्रिकेट टिमले मलेसियामा अन्तिम अभ्यास गरेर टी–२० विश्वकपको एसिया छनोट खेल्न सिंगापुर पुगेको हो । नेपाली टिमले उपाधि जित्दै ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्य लिएको छ । 

प्रतियोगिता अन्तर्गत सोमबार सिंगापुर र कतार तथा कुवेत र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेलमा मंगलबार कतारसँग प्रतिस्पर्धा गर्दा सिंगापुर र कुवेत पनि प्रतिस्पर्धा गर्नेछन् । 

त्यसैगरी बुधबार नेपालले दोस्रो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्दा कुवेत र कतारले पनि प्रतिस्पर्धा गर्नेछन् । बिहीबार कुनै पनि खेल हुनेछैन भने शुक्रबार सिंगापुर र मलेसिया तथा नेपाल र कुवेतले खेल्नेछन् ।

शनिबार समूह चरणको अन्तिम खेलमा मलेसिया र कतार तथा घरेलु टोली सिंगापुरसँग नेपालले प्रतिस्पर्धा गर्नेछ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया