कर्मचारी भर्नाका लागि लोकसेवाले गरेको विज्ञापनको विरोध गर्नुको औचित्य छैन : चित्रबहादुर केसी

 साउन ६, २०७६ सोमबार ८:३३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लोकसेवा आयोगले स्थानीय पालिकामा कर्मचारी भर्नाका लागि आह्वान गरेको विज्ञापनको विरोध गर्नुको औचित्य नरहेको राष्ट्रिय जनमोर्चाले जनाएको छ । 

स्थानीय पालिकाले नै आवश्यक कर्मचारी माग गरेर केन्द्रमा पठाएको र त्यसलाई मन्त्रिपरिषद्ले निर्णय गरेर विज्ञापन गर्न लोकसेवालाई जिम्मा दिएकाले यसमा कसैले विरोध गरिरहनु नपर्ने उसले जनाएको छ । 

पार्टी अध्यक्ष चित्रबहादुर केसीले लोकसेवाले आह्वान गरेको विज्ञापन संविधान र कानुन विपरित नरहेको बताउनुभयो । पालिकाले माग गरेको कर्मचारी दरबन्दी सख्या न्यून भएको र सेवा समूह पनि बेग्लाबेग्लै भएकाले त्यही अनुरुप लोकसेवाले विज्ञापन गरेको उहाँले बताउनुभयो । 


 
 

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • pbk paul

    July 22, 2019, 8:32 p.m.

    शायद बुढो फेरि बदलिएछ , कतै भाग मिलेको हुनुपर्छ/ हिजो संघियताको विरोध गर्ने अब फेरि समानुपातिकको विरोध /

  •  0 Reply

तपाईको प्रतिक्रिया