पोर्चुगल : आगलागी नियन्त्रणमा लिन १३ सय अग्निनियन्त्रक परिचालन

 साउन ६, २०७६ सोमबार १२:०:४८ | एजेन्सी
unn.prixa.net

मध्य पोर्चुगलको एक पर्वतीय क्षेत्रको जंगलमा आइतबार लागेको भीषण आगलागी नियन्त्रणमा लिने प्रयास जारी छ । 

आगलागी नियन्त्रणमा लिन विमान र हेलिकप्टर पनि परिचालन गरिएको छ । त्यस्तै जंगलमा लागेको आगलागी नियन्त्रणमा लिन एक हजारभन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको छ । 

राहत सेवाका अनुसार लिस्बनको उत्तर भागको दुई सय किलोमिटर पर कास्टेलो ब्रान्को क्षेत्रको जंगलमा लागेको आगो नियन्त्रणमा लिन एक हजार तीन सय अग्निनियन्त्रक र चार सय वाहन परिचालन गरिएको छ । 

आन्तरिक मन्त्रालयले दिएको जानकारी अनुसार कम्तीमा २० जना घाइते भैसकेका छन् । जसमा आठ जना अग्निनियन्त्रक र १२ जना नागरिक रहेका छन् । 

आगलागीकाे कारणबारे अनुसन्धान भैरहेको प्रहरी अधिकारीहरुले जनाएका छन् । सन् २०१७ मा पनि भीषण आगलागीमा परि एक सय बढी मानिसले ज्यान गुमाएका थिए ।  

आगलागीका कारण पोर्चुगलको मध्य र दक्षिणी क्षेत्रलाई 'हाइ अलर्ट' रहन निर्देशन दिइएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया