टी-२० विश्वकप एशिया छनोटमा सिंगापुरकाे विजयी सुरुवात, नेपालको खेल भोलि

 साउन ६, २०७६ सोमबार १२:३९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी टी–२० विश्वकपको एसियाली छनोट प्रतियोगिताको पहिलो खेलमा आयोजक सिंगापुर विजयी भएको छ ।

सिंगापुरले कतारलाई ३३ रनले पराजित गर्दै सफल सुरुवात गरेको हो । टस जितेर ब्याटिङ रोजेकाे सिंगापुरले २० ओभरमा सात विकेट गुमाउँदै १८६ रन बनाएको थियो ।

सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४७ रनको योगदान दिए । त्यस्तै टिम डेविडले ३८, मनप्रित सिंहले ३४ र रोहन रंगराजनले ३२ रन जोेडे । बलिङतर्फ कतारका इकबाल हुसेनले चार विकेट लिए भने नोउमन सरवारले दुई विकेट लिए ।

१८७ रनको लक्ष्य पछ्याएको कतार २० ओभरमा नौ विकेट गुमाउँदै १५३ रनमा सिमित भयो । कतारका कप्तान तमुर सज्जादले ३४ तथा मोहम्मद रिजलानले अविजित ३३ रन बनाए ।

यस्तै फैसल जावेदले २९ र मुहम्मद तनबीरले २६ रनको योगदान दिए । कतारलाई हराउनका लागि सिंगापुरका जनक प्रकाश र अम्जद महबुबले ३/३ विकेट बाँढे । प्रतियोगिता अन्तर्गत मंगलबार नेपालले कतारसँग खेल्दैछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया