तालिम लिन बैंकक पुगेका १० जना नेपालीको उद्धार

 साउन ६, २०७६ सोमबार १५:१२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – थाइल्याण्डको बैंककमा समस्यामा परेका १० जना नेपालीलाई नेपाली दूतावासले उद्धार गरेको छ ।

खाद्य तथा पेय पदार्थ बनाउने तालिमका लागि थाइल्याण्ड पुगेका १० प्रशिक्षार्थीलाई उद्धार गरी नेपाल फकाइएको दूतावासले जनाएको छ । उनीहरु काठमाण्डौको बागबजारमा रहेको कीर्तिपुर अब्रोड स्टडिज कन्सल्टेन्सीमार्फत थाइल्याण्डको बैंकक पुगेका थिए ।

उनीहरुले सम्झौताअनुसार तालिम र सुविधा नपाएको भन्दै दूतावासमा निवेदन दिएका थिए । दूतावासले सोमबार विज्ञप्ति निकालेर उनीहरुमध्ये ३ जनालाई गएको बुधबार र ७ जनालाई शुक्रबार उद्धार गरेको जानकारी दिएको छ ।  

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया