२० वर्षअघि हत्या गरी फरार भएका व्यक्ति पक्राउ

 साउन ६, २०७६ सोमबार १९:५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – कास्कीमा २० वर्ष भएको हत्याकाण्डका दोषी पक्राउ परेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–११, घान्द्रुकका कुमार गुरुङलाई कास्की प्रहरीले घान्द्रुकस्थित उनकै घरबाट पक्रिएको हो । गुरुङले २०५६ सालमा हङकङ आईडीको विषयमा विवाद हुँदा स्थानीय मनप्रसाद गुरुङलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । त्यसको भोलिपल्ट नै उनको ज्यान गएको थियो ।

घटनालगत्तै फरार गुरुङ १४ वर्षसम्म भारतमा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । गुरुङ भारत जानुभन्दा अगाडि २ वर्ष म्याग्दीमा लुकिछिपी बसेको बताइएको छ । गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया