भतिजी बलात्कारकाे आराेपमा काका पक्राउ

 साउन ६, २०७६ सोमबार १९:३९:१९ | उज्यालो सहकर्मी

सोलुखुम्बु  - सोलुखुम्बुको लुक्लामा १४ वर्षीया भतिजीलाई वर्षाैंदेखि पटक–पटक बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

६ कक्षामा पढ्दै गरेकी ती बालिका ८ महिनाको गर्भवती रहेको अस्पतालले जनाएको छ ।  खुम्बु पासाङल्हामु गाउँपालिका–२, लुक्लामा बस्दै आएका बालिकालाई आफ्नै काकाले पटक–पटक बलात्कार गरी गर्भवती बनाएको थाहा भएपछि प्रहरीले २२ वर्षीय काकालाई नियन्त्रणमा लिएको छ ।

युवकले आफ्नै दाजुको छोरीमाथि करणी गरेका हुन् । पीडित बालिकाको पेट बढ्दै गएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाएलगत्तै पीडित बालिकाको मौखिक बयानका आधारमा प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको थियो ।  

प्रहरीका अनुसार अभियुक्तले अपराध स्वीकार गरेका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्ने क्रममा चिकित्सकले उनको पेटमा ८ महिनाको शिशु हुर्किरहेको जनाएका छन् । 

थप अनुसन्धान र कारबाहीका लागि अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरी चौकी लुक्लाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया