फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

 साउन ६, २०७६ सोमबार २०:२०:२६ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ ।

मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो ।

वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको उपचार गराउँदै आउनुभएको थियो । मोक्तान नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया