गुल्मीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

 साउन ७, २०७६ मंगलबार ८:३६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – सत्यवती गाउँपालिका –३ को दाङसियामा पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ । दुई जनाको उद्धार गरिएको छ ।

राति खसेको पहिरोले घर भत्काउँदा ज्यान गएकाको परिचय खुलेको छैन । यस्तै, सत्यवती गाउँपालिकाको लिंघाको भिरकुनामा चार वटा घर पहिरोले पुरिएको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो । यसबारेमा थप विवरण आउँन बाँकी छ ।

रिडी रुद्रबेनी र वामी टक्टर सडकखण्ड अवरुद्ध भएकाले प्रभावित ठाउँमा पुग्न समस्या भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया