तमोर नदीले बगाएर बेपत्ता भएका २ युवा अझै फेला परेनन्

 साउन ७, २०७६ मंगलबार ११:३७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँचथर – तमोर नदीमा बगाएर बेपत्ता भएका हिलिहाङ गाउँपालिका–५, सुभाङका २ जना युवा अझै फेला परेका छैनन् ।

सुभाङबाट तेह्रथुमको आठराई गाउपाँलिका सिमखर्कमा पाहुना गएका अन्दाजी १७ र १८ वर्षका जीवन सुहाङ र सन्दीप सेंवा गएको शुत्रबार दिउँसो तमोर नदीमा बगेर बेपत्ता भएका हुन् ।

बेपत्ता भएको ४ दिन बितिसक्दा पनि पत्ता नलागेको हिलिहाङ गाउँपालिका–५ का वडाध्यक्ष लक्ष्मिप्रसाद सुहाङले पुष्टि गर्नुभएको छ । उनीहरुको खोजी कार्य भैरहेको भए पनि फेला नपरेको वडाध्यक्ष सुहाङले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया