पहिरोले गोठ पुरिँदा बागलुङमा एक किशोरीको मृत्यु

 साउन ७, २०७६ मंगलबार ११:४९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

बागलुङ – गल्कोट नगरपालिका ८ ज्यामिरेमा खसेको पहिरोले गोठ पुरिँदा एक किशोरीको ज्यान गएको छ । 

बुधबार बिहान साढे ६ बजेतिर माथिबाट खसेको पहिरोले गोठ पुरिँदा भैँसी दुहुँदै गरेकी १७ वर्षकी सीता गौतमको ज्यान गएको प्रहरीले जाएको छ । पहिरोमा परेर गोठमा रहेका चौपाया समेत मरेका छन् ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया