दैलेखमा बस दुर्घटना : एक जनाको मृत्यु, ७ जना घाइते

 साउन ७, २०७६ मंगलबार १२:२६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख – आठबीस नगरपालिका राकमबाट खिड्कीजिउला जाँदै गरेको यात्रुवहाक बस मंगलबार बिहान दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । अन्य ७ जना सामान्य घाइते भएका छन् ।

ना ५ ख ७२४३ नम्बरको बस राकमको जिरो प्वाइण्ट नजिकै सडकबाट करिब ५० मिटर तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा आठबीस नगरपालिका–५ की ३२ वर्षीया दीर्घा माझीको ज्यान गएको प्रहरीले जनाएको छ ।

७ जना सामान्य घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको राकम प्रहरी चौकीका इञ्चार्ज विष्णु गिरीले जानकारी दिनुभयो । दुर्घटनापछि चालक फरार रहेको उहाँले बताउनुभयो ।

सोमबार राति राकम स्वास्थ्य चौकीमा सुत्केरी गराउन ल्याइएकी आठबीस नगरपालिका–५ की २१ वर्षीया निर्मला जैसीलाई घर लैजान प्रयोग गरिएको बस दुर्घटनामा परेको हो । सुत्केरी महिलाको पनि घुँडामा सामान्य चोट लागेको र शिशुको अवस्था सामान्य रहेको बताइएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया