रोजगारी सृजना हुने गरी नेपालमा लगानी गर्न दक्षिण कोरियाको निजी क्षेत्रलाई मन्त्री विष्टको आग्रह

 साउन ७, २०७६ मंगलबार १५:४०:३४ | उज्यालो सहकर्मी

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारीको अवसर सृजना हुनेगरी नेपालमा लगानी गर्न दक्षिण काेरियाकाे निजी क्षेत्रलाई आग्रह गर्नु भएको छ ।

दक्षिण कोरियाले नेपाली कामदारलाई गुणस्तरीय रोजगारीको अवसर दिएको भन्दै उहाँले अब नेपालमै रोजगारीको अवसर सृजना हुने गरी लगानी गर्न आग्रह गर्नुभएकाे हाे। 
दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारले काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले नेपालमा लगानीका लागि आवश्यक वातावरण बनेकोतर्फ पनि दक्षिण कोरियाली निजी क्षेत्रको ध्यानाकर्षण गराउनुभयो ।

मन्त्री विष्टले दक्षिण कोरियाबाट फर्केका कामदारले सीप र अनुभवलाई भरपुर उपयोग गरेर देशलाई समृद्ध बनाउन सरकार लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । दक्षिण कोरियाले आफ्नै स्रोत र साधनको उपयोग गरेर समृद्धि हासिल गरेको उल्लेख गर्दै उहाँले त्यसबाट नेपालले धेरै पाठ सिक्न सक्ने पनि बताउनु भयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया