यूएईमा एक वर्षमा ९८ जना नेपालीको मृत्‍यु, ४ जनाको हत्या

 साउन ७, २०७६ मंगलबार १६:५०:५३ | उज्यालो सहकर्मी

यूएई – यूएईमा गएको आर्थिक वर्ष २०७५/०७६ मा ९८ जना नेपालीको ज्यान गएको नेपाली दूतावास आबुधाबीले जनाएको छ । ज्यान गुमाउनेमध्ये ९३ जना पुरुष र ५ जना महिला छन् । यो सँख्या पछिल्लो ६ वर्ष यताकै धेरै हो ।


धेरैकाे प्राकृतिक कारणले ज्यान गएकाे छ । प्राकृतिक कारणले ४८ जना पुरुषको ज्यान गएको छ । यस अन्तर्गत हृदयघात, मष्तिस्क पक्षघात तथा अन्य कारण छन । तथ्याकंअनुसार गएको आर्थिक वर्षमा २१ पुरुष र २ जना महिलाले आत्महत्या गरेका छन् । त्यस्तै बिभिन्न दुर्घटनामा परेर २ जना महिलसहित २१ पुरुषको ज्यान गएको छ ।

त्यस्तै गएको आर्थिक वर्षमा १ जना महिलासहित ३ जना पुरुषको हत्या भएको छ । हत्या प्रकरणमा नेपालीकै संलग्नता भएको प्रारम्भिक अनुसन्धानले खुलेको छ । हत्याकाे विषय जटिल र गम्भीर भएकाले थप अनुसन्धान भैरहेको दूतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी बिष्णुकुमारी अधिकारीले बताउनुभयो ।

यसरी ज्यान गुमाएका, दुर्घटनामा परेका नेपालीको क्षतिपूर्ति तथा सम्बन्धित परिवारलाई ब्लडमनी दिलाउन गएको वर्षबाट दूतावास आफैले मुद्दा लडिरहेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया