मेगा बैंकको ‘एक शाखा, एक छोरी’ छात्रवृत्ति योजना

 साउन ७, २०७६ मंगलबार १८:१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मेगा बैंक नेपाल लिमिटेडले ‘एक शाखा, एक छोरी’ छात्रवृत्ति योजना सार्वजनिक गरेको छ । 

बैंकको नवौं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाण्डाैमा छात्रावृत्ति योजना सार्वजनिक गरिएको हो । शिक्षाबाट बञ्चित हुन बाध्य छात्राहरुलाई कक्षा १२ सम्म अध्ययनका लागि आवश्यक आर्थिक सहायता दिने गरी सबै शाखाबाट त्याे छात्रवृत्ति योजना लागू गराउने कार्यको शुभारम्भ गरिएको बैंकका अध्यक्ष भोजबहादुर शाहले बताउनुभयो ।

बैंकको हाल १ सय २ वटा शाखा रहेका छन् । ती सबै शाखाबाट एक जना गरिव तर जेहेन्दार छात्रालाई कक्षा १२ सम्मको अध्ययनका लागि यो योजना तय गरिएको पनि बैंकले जनाएको छ । अध्यक्ष शाहले बैंकले सामाजिक उत्तरदायित्वको क्षेत्रअन्तर्गत स्वास्थ्य र वातावरणको क्षेत्रमा पनि आगामी दिनमा लगानी गर्दै जाने योजना तय गरेको बताउनुभयो ।

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बैंकको निक्षेप गएकाे वर्षको १९ अर्बबाट बढेर ८२ अर्ब पुगेको जानकारी दिनु भयो । त्यसैगरी बैंकको कर्जा प्रवाह १५ अर्ब ५० करोडबाट बढेर ७३ अर्ब पुगेको छ ।

देशभर १०२ वटा शाखा कार्यालय स्थापना गर्न सफल त्याे बैंकको १०२ वटा एटीएम मेशिन, ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरु, २५ सय मेगा रेमिट एजेन्टहरु पनि रहेका छन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया