बाढी र पहिरोका कारण बन्द भएका राजमार्ग तथा सडकखण्ड (विवरणसहित)

 साउन ८, २०७६ बुधबार ९:६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – बाढी तथा पहिरोका कारण विभिन्न राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन् ।

बाढी तथा पहिरोका कारण सिद्धिचरण राजमार्ग, मेची राजमार्ग, कान्ती लोकपथ, बेनी–जोमसोम सडकखण्ड, सुर्खेत–दैलेख सडकखण्ड, कर्णाली राजमार्ग र धरान–चतरा सडकखण्डमा सवारी आवागमन ठप्प भएको गृह मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन शाखाले जनाएको छ ।

सिद्धिचरण राजमार्ग अन्तर्गत अँधेरी खोलामा गएको पहिरोका कारण गाइघाट–खोटाङ सडक अवरुद्ध भएको हो । मेची राजमार्ग अन्तर्गत पाँचथरको पाङ्ग्रेभीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका दाना भ्याडेमा सुक्खा पहिरो खस्दा बेनी जोमसोम सडक अवरुद्ध भएको छ । धरान–चतरा सडकखण्डको फास्ट ट्रयाक जोडिएको ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । यसैगरी, दैलेखको गुराँस गाउँपालिकाको विभिन्न ठाउँमा पहिरो जाँदा कर्णाली राजमार्ग र दैलेखकै लुहाखोलामा बाढी आउँदा सुर्खेत–दैलेख सडकखण्ड पनि अवरुद्ध भएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया