युएईको अलऐनमा नेपाली कामदारका लागि स्वास्थ्य शिविर

 असार २५, २०७५ सोमबार ११:४४:२४ | उमाकान्त पाण्डे

युएई – एनआरएनए युएई अलऐन क्षेत्रीय समितिले नियमित स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

अलऐनको मेडीअर अस्पतालसँगको समन्वयमा समितिले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य सचेतना अभियान अन्तर्गत गएको जनवरीदेखि नियमित शिविर सञ्चालन गरिरहेको क्षेत्रिय अध्यक्ष गोपाल पौडेलले जानकारी दिनुभयो । 

शिविरमा हरेक हप्ता फरक फरक रोगको परीक्षण गरिन्छ । कामदार बस्ने क्याम्पबाट स्वास्थ्य शिविरसम्म आउन जानका लागि यातायात र खाजा खर्चको पनि व्यवस्था गरिएको छ । शिविरमा अहिलेसम्म चार सय जनाले सेवा लिएको समितिले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया