विषादीयुक्त तरकारी र फलफूलबाट यसरी बचौँ

 साउन ८, २०७६ बुधबार १२:३१:२९ | विना न्याैपाने
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – फलफूल तथा तरकारीमा विषादी सजिलै छुट्याउन त गाह्रो हुन्छ । यसको मापन गर्न यन्त्र उपकरणको आवश्यकता पर्छ ।

तर पनि तरकारी तथा फलफूल किन्दा केही सावधानी अपनाएको खण्डमा विषादीबाट बच्न सकिन्छ । उदाहरणका लागि हेर्दा तरकारी तथा फलफूल एकदमै चिल्लो देखिन्छ, त्यसलाई बहिस्कार गर्ने ।

– ओइलिएको जस्तो या किरा फट्याङग्राले खाएको जस्तो किन्ने । 

– खोट नभएको भन्दा पनि कतै खोट भएको किन्ने । 

– सागपातमा प्वाल परेको जस्तो किन्ने । 

विषादीयुक्त तरकारी तथा फलफूलले तत्काल गर्ने असर

– वाकवाकी र रिँगटा लाग्ने ।

– खान मन नलाग्ने ।

– एलर्जी हुने ।

– ज्वरो आउने तथा पूरै शरीरमा डाबर देखिने ।

दीर्घकालीन असर 

– फोक्सो, मुटु, मृगौला तथा दिमागमा असर गर्ने । 

– सुगर तथा प्रेसरको रोग निम्त्याउने । 

– क्यान्सरको सम्भावना बढी हुने । 

– गर्भवती महिलामा समस्या ल्याउने । 

– बालबालिका अपाङ्ग वा सुस्त मनस्थितिका शिशु जन्मिने खतरा बढ्ने ।

– बाँझोपनको समस्या देखा पर्ने  ।  

फलफूल र तरकारीमा रहेको विषादीबाट बच्ने उपाय 

– सकभर मौसमअनुसार फल्ने फलफूल र तरकारीको मात्र सेवन गर्नुपर्छ । 

– अर्गानिक र ताजा फलफूल र तरकारी किन्नुपर्छ ।

– विषादीजन्य खाद्यान्नलाई बहिष्कार गर्नुपर्छ ।

 विषादीयुक्त फलफूल र तरकारी भान्सामा नै भित्रिएको अवस्थामा 

– सामान्य तरिका भनेको राम्ररी धुने, पखाल्ने नै हो । तर धोइपखाली गर्दासमेत विषादी नजान सक्छ, त्यसैले अधिक मात्रामा रहेको विषादी हटाउन नुनपानीको प्रयोग गर्न सकिन्छ ।

– यदि नुन पनि नराख्ने हो भने सफा पानीमा रातभर भिजाउने र बिहान राम्रोसँग पखाल्ने गर्यो भने धेरै हदसम्म बाहिरी भागमा रहेको विषादी जान्छ । उपभोक्ता आफैँ सचेत भइ आफ्नो स्वास्थ्यका लागि विषादीमुक्त फलफूल र तरकारी खानु पर्दछ  । 

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनसँग गरेको कुराकानीमा अधारित) 

अन्तिम अपडेट: चैत १४, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया